चितवनमा महिला भेला

चितवनमा महिला भेला


चितवनमा महिला भेला

चितवन । अखिल नेपाल महिला संघ (अनेमसंघ) जिल्ला कमिटी चितवनले १०औं राष्ट्रिय महाधिवेशन सम्बन्धमा छलफल गरेको छ ।

आइतबार भरतपुरमा आयोजित कार्यक्रमा अनेमसंघ केन्द्रीय प्रचार विभाग प्रमुख शर्मिला कार्कीले महाधिवेशनमा महिलाहरुको सहभागिता राम्रो रहने बताएकी छन्  । उनले प्रतिनिधिका रुपमा चितवन आउने महिलाहरुको खानपान, सुरक्षा र स्वाथ्यको विषयमा अनेमसंघ गम्भीर भएको बताइन् ।

कार्यक्रममा अनेमसंघ सचिवालय सदस्य एवं पूर्वमन्त्री सरस्वती बस्नेतले चितवनमा पार्टीको १०औं राष्ट्रिय महाधिवेशन हुने चितवनका लागि अवसरसँगै चुनौती भएको बताइन् । उनले महाधिवेशनमा धेरै भन्दा धेरै महिला सहभागी गराउनेतर्फ तयारी थाल्नुपर्नेमा जोड दिइन् । महाधिवेशनमा आउने सहभागीलाई अनेमसंघको तर्फबाट स्वागतद्वार मार्फत स्वागत गर्ने तयारी भइरहेको बस्नेतले बताइन् । 

अनेमसंघको केन्द्रीय कमिटी, प्रदेश कमिटी र स्थानीय तहको गरी तीन स्थानमा स्वागतद्वार राख्ने निर्णय भएर काम अगाडि बढाइएको अनेमसंघकी केन्द्रीय सदस्य शान्ति अधिकारीले जानकारी दिए ।

 


प्रकाशित मिति: सोमबार, ६ मंसिर, २०७८, २१:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९