स्ववियु र सङ्गठन दुवै हाँकेको अनुभव छः अध्यक्षका उम्मेदवार खत्री

स्ववियु र सङ्गठन दुवै हाँकेको अनुभव छः अध्यक्षका उम्मेदवार खत्री


स्ववियु र सङ्गठन दुवै हाँकेको  अनुभव छः अध्यक्षका उम्मेदवार खत्री

काठमाडौँ, । नेकपा (एमाले) निकट अनेरास्ववियुको २३ औ राष्ट्रिय महाधिवेशन यहि फागुन २ देखि ४ गतेसम्म काठमाडौँमा हुने भएको छ । 

झण्डै सातबर्षपछि हुन थालेको महाविधेशनको माहौल तातिरहेको छ । अखिल हाँक्नका लागि अहिले मुख्यत तीन जना आकांक्षी देखिएका छन् । यसअघिका दुई अध्यक्ष मनोनित भएकाले यसपटक भने चुनावबाट नै नेतृत्व चयन हुने भएको छ ।

२०७२ सालमा अखिलको २२ औ महाधिवेशन भएको थियो त्यसयता नेकपा (माओवादी केन्द्र)संग मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अनेरास्ववियूको संयोजक ऐन महर तथा पार्टी अलग भएपछि पुन मनोनित भएर अध्यक्ष सुनिता बराल बनेकी थिइन । 

अहिले अध्यक्षका आकांक्षीमा वरिष्ठ उपाध्यक्ष आरसी लामिछाने, उपाध्यक्ष झपिन्द्र खत्री र महासचिव समिक वडाल देखिएका छन् । २२ औ महाधिवेशनमा लामिछाने र बडाल सचिव तथा खत्री कोषाध्यक्षमा निर्वाचित भएका थिए । 

अध्यक्षका तीनै जनामध्ये खत्री बलियो देखिएका छन् । उनले अखिलेको नेतृत्व गर्नेदेखि स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० हाँकेको राम्रो अनुभव रहेको छ । 
अनेरास्ववियुको प्रशिक्षण विभाग प्रमुख समेत रहेका खत्री मुलुकै ठूलो मानिएको पाटन सयुक्त क्याम्पसको स्ववियु सभापति हुन् । उनी २०६५ सालमा भएको स्ववियु निर्वाचनमा

सभापतिमा निर्वाचित भएका थिए । २०६६ सालमा स्ववियु काउन्सिल सचिव भएर पनि उनले त्रिभुवन विश्वविद्यालयमा काम गरिसकेको छन । 

“म अखिल र स्ववियु दुवैमा राम्रो काम गरेको अनुभव रहेको छ,” उनले भने,“ मलाई पार्टी र साथीहरुको साथ सहयोगले अखिलेको नेतृत्व गर्ने ठाउँमा पुग्दै छु ।” 

उनी अखिलको केन्द्रीय सदस्य हुदै उपाध्यक्षमा पुगेका खत्रीमा स्ववियु संचालन गरेको समेत अनुभव रहेको छ । तर अन्य आकांक्षीलाई भने स्ववियु संचालन गरेको अनुभव नै रहेको छैन । 

खत्री २०७० सालमा भएको अखिलको २१ औं राष्ट्रिय महाधिवेशनबाट सचिवालय सदस्य र २०६७ सालमा भएको  २० औ राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय सदस्य निर्वाचित भएका हुन् ।
सातबर्षपछि निर्वाचनबाट नेतृत्व चयन हुन गइरहेकोमा खत्रीको संगठनमा पनि राम्रो पकड रहेको छ । कोषाध्यक्ष हुँदै उपाध्यक्ष बनेका उनलाई पार्टीका शीर्ष नेताहरुको पनि साथ सहयोग रहेको बुझिएको छ । 

सवैसंग मिलनसार, सांगठनिक व्यक्ति भएकोले पार्टीले पनि खत्रीको नेतृत्वमा अखिलको नयाँ नेतृत्व चयन गर्नुपर्ने बताएका छन् ।

“स्ववियु निर्वाचन पनि नजिक आइरहेको छ । अखिललाई फेरि पनि स्ववियु निर्वाचनबाट पहिलो संगठन बनाउन आवश्यक रहेको छ,” अखिलका एक पूर्व अध्यक्षले भने,“१४ बर्ष पछि हुन थालेको स्ववियु निर्वाचनको कमाण्ड खत्रीले नै गर्न सक्दछन । त्यसैले उनलाई अध्यक्ष बनाउनु पर्दछ ।”

 यहि चैत ५ गते देशभरि स्ववियु निर्वाचनको मिति घोषणा गरिएको छ । स्ववियु निर्वाचन र संगठन हाक्ने सक्ने नेताका रुपमा चिनिएका खत्री अखिलको अध्यक्षमा बलिया दावेदारका रुपमा रहेका छन् । 

उपाध्यक्ष खत्रीले आफूसङ्ग स्ववियु र सङ्गठन दुवैको नेतृत्व गरेको अनुभव भएकाले सम्पुर्ण प्रगतिशील परिवर्तनप्रेमी विद्यार्थीहरुले अध्यक्षमा आफुलाई नै निर्वाचित गराउनेमा विश्वस्त रहेको बताए ।

उपाध्यक्ष खत्रीले आफू अध्यक्षमा निर्वाचित भए सवैलाई मिलाएर लैजाने बताए । “देशभरिबाट मेरो  पक्षमा माहौल बनिरहेको छ ।  अखिलमा मेरा विकल्प छैन,” उनले भने, “सहमति हुँदा पनि मेरो नाममा सहमति हुन्छ ।

खत्री हाल त्रिभुवन विश्वविद्यालयमा द्वन्द, शान्ति र विकास अध्ययन विषयमा एमफिल लेड पिएचडी गर्दै छन्  ।

यस्तै महासचिवमा नरेश रोकाया, नारायण घर्ती,सदुर्शन शिवकोटी, धर्म गिरी लगायतका रहेका छन् ।


प्रकाशित मिति: सोमबार, १६ माघ, २०७९, २१:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९