देउवा पक्षबाट प्रदीप पौडेल महामन्त्रीको उम्मेदवार

देउवा पक्षबाट प्रदीप पौडेल महामन्त्रीको उम्मेदवार

सहमति अनुसार सभापतिमा देउवालाई समर्थन गर्दै महामन्त्रीमा युवा नेता प्रदीप पौडेललाई अगाडि सारिएको छ ।


देउवा पक्षबाट प्रदीप पौडेल महामन्त्रीको उम्मेदवार


काठमाडौँ । नेपाली कांग्रेसमा सभापति शेरवहादुर देउवा र अर्का नेता कृष्ण सिटौलाबीच सहमति भएको छ । महाधिवेशनका दुई नेताबीच मिलेर जानेमा सहमति भएको बताइएको छ । सहमति अनुसार सभापतिमा देउवालाई समर्थन गर्दै महामन्त्रीमा युवा नेता प्रदीप पौडेललाई अगाडि सारिएको छ ।

सिटौलाले पौडेललाई महामन्त्री उठाउन  सहमति गरेका हुन् । आज भएको उद्घाटन समारोहमा पनि उनले पौडेललाई युवा नेता भनेर प्रचार गरेका थिए । उनी नेपाल विद्यार्थी संघको अध्यक्ष समेत भइसकेका हुन । हाल कांग्रेसको केन्द्रीय सदस्य रहेका छन् ।

काग्रेसको १३ औ महाधिवेशनमा पनि सिटौलाको साथ पाएर देउवा सभापतिमा निर्वाचित भएका थिए । यसपटक पनि उनै सिटौलाको साथमा देउवा फेरि पनि सभापति हुन दाउमा  रहेका छन् । सिटौला पक्षबाट सहमहामन्त्रीमा उमाकान्त चौधरीलाई उम्मेदवार बनाउने सहमति भएको छ ।

आजदेखि शुरु भएको कांग्रेसको महाधिवेशनमा यही मंसिर २७ गतेसम्म हुने छ । महाधिवेशनमा देउवा पक्ष र रामचन्द्र पौडेल पक्षबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ । 


प्रकाशित मिति: शुक्रबार, २४ मंसिर, २०७८, २१:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९