देउवा प्यानलका ६ जना उम्मेदवार सहमहामन्त्रीका निर्वाचित भएका छन् भने कोइराला प्यानलबाट २ जनाले सहमहामन्त्रीमा बिजय भएका छन्
काठमाडौँ , । नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट ८ जना सहमहामन्त्री निर्वाचित भएका छन् । शुक्रबार आएको मत परिणामबाट संविधानमा व्यवस्था गरिएको ८ वटा क्लस्टर अनुसार काँग्रेसमा सहमहामन्त्री विजयी भएका छन् ।
योसँगै खस आर्य, दलित, आदिवासी जनजाति, महिला, मधेसी, थारु, मुस्लिम र पिछडिएका क्षेत्र गरी सबै वर्ग र समूदायका मान्छे काँग्रेसको पदाधिकारी तहमा पुग्न सफल भएका छन् ।
जसमा देउवा प्यानलका ६ जना उम्मेदवार सहमहामन्त्रीका निर्वाचित भएका छन् भने कोइराला प्यानलबाट २ जनाले सहमहामन्त्रीमा बिजय भएका छन् । देउवा समूहबाट महिला, मधेसी, थारु, खस आर्य, मुस्लिम र आदिवासी जनजातितर्फका सहमहामन्त्री निर्वाचित भएका छन् । यस्तै कोइराला समूहबाट दलित र पिछडिएका क्षेत्रतर्फका सहमहामन्त्रीका उम्मेदवार विजयी भएका छन् ।
दलिततर्फ सहमहामन्त्रीमा जीवन परियार, महिलातर्फ महालक्ष्मी उपाध्याय, आदिवासी र जनजातितर्फ भीष्मराज आङ्देम्बे, मुस्लिमतर्फ फर्मुल्लाह मन्सुर
मधेशी महेन्द्र यादव, खस र आर्य किशोरसिंह राठौर, पिछडिएको क्षेत्रबाट बन्द्री पाण्डे र थारूतर्फ उमाकान्त चौधरी विजय भएका छन् ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९