काठमाडौँ । राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने छन् ।
निर्वाचन आयोगका अनुसार १३ गते राष्ट्रपतिको निर्वाचनका लागि उम्मेदवारी मनोनयन दर्ता गराएका उम्मेदवारले आज आफ्नो उम्मेदवारी फिर्ता लिन सक्नेछन् ।
यस्तै आयोगले आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ ।
निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० देखि ३ बजेसम्म मतदान हुनेछ ।
अपराह्न ४ बजेदेखि मतगणना प्रारम्भ हुने र सोही दिन साँझ ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी छ ।
राष्ट्रपतिमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमाले नेता सुवास नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९