काठमाडौँ, । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले एमालेभन्दा बाहिर रहेका सवै वामपन्थीहरुलाई एकजुट हुन आह्वान गरेका छन् ।
यदु स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको २४ औ यदु स्मृति दिवस तथा २१ औ यदु स्मृति पत्रकारिता पुरस्कार वितरण समारोहमालाई सम्बोधन गर्दै उनले वामपन्थी आन्दोलनले देशको स्वाधिनताको रक्षा, विकास र समृद्धिको नेतृत्व, सामाजिक न्याय र जनताको लागि सुरक्षित भविष्य निर्माण गर्ने सक्ने भएकोले वामपन्थीहरु एकजुट हुनु आव्हान गरेका हुन् ।
“शहिदको बलिदानलाई सम्झना गर्दै संकटबाट मुलुकलाई जोगाउनका लागि फेरि पनि देशभक्त, लोकतान्त्रिक शक्तिहरु, सामाजिक न्यायका पक्षधर शक्तिहरु धुव्रीकृत हुन जरुरी रहेको छ,”उनले भने “विगतमा हामीले नेताको टाउका जोडेर कम्युनिष्ट आन्दोलनलाई बलिायो बनाउने प्रयास गरौै तर असफल भ अव हामी कार्यकर्ताका भावना जोड्न चाहान्छौ ।”
महासचि पोखरेलले देश बनाउनका लागि देशभक्ति आन्दोलनमा विश्वामा गर्ने, परिवर्तन सामाजिक न्यायका पक्षमा विश्वास गर्ने, बलियो राष्ट्रिय शक्ति निर्माण गरेर अगाडि बढ्नुपर्ने बताए ।
उनले गलत मान्यताका विरुद्ध लडाईका विरुद्धका सवै एकजुट हुन आवश्यक रहेको बताए ।
महासचिव पोखरेलले मुलुकलाई विकास र समृद्धिको यात्रामा लैजाने एमाले बलिया राष्ट्रिय शक्तिको रुपमा हुनुुपर्ने बताए ।
नेपालको मौलिक संस्कृतिलाई तहसनहस पार्न थालेको भन्दै त्यसखालको चुनौतिलाई सामाना गर्न सकेनौ भने नेपालको समृद्धि असुरक्षित हुने भनाई राखे ।
राजनीतिक र धर्मलाई जोड्ने प्रयास गरिएको भन्दै मुलुकका सांस्कृति र मूल्यमान्यताको रक्षा गर्ने जिम्मेवारी क्रान्तिकारीको पक्षमा आएको उनले बताए ।
एमाले स्थायी कमिटी सदस्य यमलाल कडेलले एमाले बलियो भएमात्र यदु गौतमको सपना साकार पार्न सकिने बताए ।
उक्त अवसरमा महासचिव पोरखेलले गोरखापत्रका पत्रकार लोकवहादुर चौधरी (लक्की)लाई यसबर्षको यदु स्मृति पत्रकारिता पुरस्कार प्रदान गरे ।
चौधरीले पुरस्कारले आफूलाई थप जिम्मेवार बनाएको बताए ।पुरस्कारको राशी २० हजार रूपियाँ रहेको छ ।
२०५३ सालदेखि कैलालीबाट पत्रकारितामा संलग्न चौधरीलाई कार्यक्षेत्रबाट बिस्थापित भए पनि निरन्तर पेशामा सक्रिय रहेकोमा उच्च कदर गरी पुरस्कार दिन निर्णय गरिएको हो ।
यदु स्मृति प्रतिष्ठानले हरेक बर्ष यदु स्मृति दिवसको अवसरमा मानवअधिकार,शान्ति स्थापना र दण्डहीनताका पक्षमा कलम चलाउने एक जना पत्रकारलाई पुरस्कृत गर्दै आइरहेको छ ।
तत्कालीन नेकपा (एमाले) रुकुमका सचिव रहेका युद गौतमलाई रुकुम सदरमुकामबाट चौरजहारी जाने क्रममा २०५५ फागुन २१ गते बाटोमा हत्या गरिएको थियो ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९