आठदलीय कार्यदलको बैठक

आठदलीय कार्यदलको बैठक


आठदलीय कार्यदलको बैठक

काठमाडौँ, । राष्ट्रपति र उपराष्ट्रपति पदको निर्वाचन तथा समसामयिक राजनीतिक विषयमा छलफल गर्न आठदलीय कार्यदलको बैठक बसेको छ।

बैठक  नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बस्न लागेको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्का संयोजकत्वको कार्यदलमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरू छन्  ।

यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनमा उक्त आठदलीय गठबन्धनबाट कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल साझा उम्मेदवार रहेका छन भने एमालेबाट सुवासचन्द्र नेम्बाङ छन् । 


प्रकाशित मिति: मंगलबार, २३ फागुन, २०७९, १६:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९