राष्ट्रपतिको मतगणना शुरु

राष्ट्रपतिको मतगणना शुरु


राष्ट्रपतिको मतगणना शुरु

काठमाडौँ । राष्ट्रपति निर्वाचनको मतदान सम्पन्न भएको छ ।

चुनावको मत गणना शुरु भएको निर्वाचन आयोगले जनाएको छ । 

मतगणना दुईतीन घण्टामा सकिने जनाइएको छ । 

बैठकले मतपेटिका खोल्दा पत्रकारको उपस्थिति खुल्ला गर्ने निर्णय गरेको छ । संघीय संसद र प्रदेश सभाको अलगअलग मत गणना हुने छ । मत गणनामा उम्मेदवारका निर्वाचन प्रतिनिधि र एकएक जना गणना प्रतिनिधि रहने छन् ।

रामचन्द्र पौडेलको तर्फबाट रमेश लेखक र सुवासचन्द्र नेम्वाङको तर्फबाट महेश बर्तौला प्रतिनिधि बस्ने भएका छन् । मतदान विहान १० देखि दिउँसो ३ बजेसम्म भएको थियो ।  नयाँ बानेश्वरस्थित संसद् भवनमा भएको मतदानमा कुल ८३१ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 


प्रकाशित मिति: बिहिबार, २५ फागुन, २०७९, १६:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९