काठमाडौँ, । नेकपा (एमाले) को प्रतिनिधि सभाको प्रमुख सचेतकमा पदम गिरी र सचेतक महेश बर्तौला मनोनित भएका छन् ।
एमाले संसदीय दलका नेता केपी शर्मा ओलीले गिरीलाई प्रमुख सचेतक र बर्तौलालाई सचेतकमा मनोनित गरेका हुन । दुवैलाई यहि फागुन २५ गतेदेखि लागु हुने गरि मनोनयन गरेका हुन् ।
गिरी पूर्व स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र बर्तौला एमाले पार्टी वागमती प्रदेशको उपसचिव छन्
उनीहरु दुवै जनालाई एमाले सङ्घीय संसदीय दलको विधान–२०७७ बमोजिम एमाले अध्यक्ष समेत रहनु भएको ओलीले मनोनयन गरेका हुन् ।
गत मङ्सिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा गिरी पर्वत र बर्तौला मकवानपुर क्षेत्र नं. २ बाट निर्वाचित भएका हुन् ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९