काठमाडौँ । प्रमिलाकुमारी यादवले आफूले उपराष्ट्रपतिमा दिएको उम्मेदवारी फिर्ता लिएकी छन् । जसपाबाट उम्मेदवार बनेकी प्रमिलाले पार्टीबाट उपराष्ट्रपतिमा उम्मेदवार रहेका रामसहाय यादवलाई समर्थन गर्ने घोषणा गरेकी छन् ।
उम्मेदवारको अन्तिम नामावली सूचीमा उनको नाम प्रकाशित भइसकेको छ ।
आफ्नो उम्मेदवारी फिर्ता लिन जारी गरेको विज्ञप्तिमा प्रमिलाले विभिन्न आन्दोलन र संघर्षमा सक्रिय रुपमा लागेका रामसहाय यादव उपराष्ट्रपति पदका लागि सक्षम र योग्य उम्मेदवार रहेको बताएकी छन् । उनले सोमबार विज्ञप्ति जारी गर्दै आफू उपराष्ट्रपति पदको उम्मेदवार नरहेको बताएकी हुन् ।
प्राविधिक रुपमा उक्त पदका लागि आफ्नो नाम रहेपनि प्रतिवद्धताका साथ रामसहाय यादवलाई समर्थन गर्ने प्रमिलाले विज्ञप्तिमा उल्लेख गरेकी छन् ।
चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका निर्वाचन अधिकृतको कार्यालयले आइतबार अन्तिम नामावली प्रकाशन गर्दै चार जनाको उम्मेदवारी कायम रहेको जनाएको छ ।
उपराष्ट्रपति पदका लागि अब जसपाबाट रामसहायप्रसाद यादव, एमालेबाट अष्टलक्ष्मी शाक्य (बोहरा) र जनमत पार्टीकी ममता झाले उम्मेदवारी दिएकी छन् ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९