राष्ट्रपतिलाई पहिलो बधाई अमेरिकाबाट

राष्ट्रपतिलाई पहिलो बधाई अमेरिकाबाट


राष्ट्रपतिलाई पहिलो बधाई अमेरिकाबाट

काठमाडौँ, । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई संयुक्त राज्य अमेरिकाले बधाई ज्ञापन गरेको  छ ।

पौडेलले नयाँ राष्ट्रपतिका रुपमा जिम्मेवारी समालेभएलगत्तै अमेरिकाका तर्फबाट काठमाडौँस्थित अमेरिकी राजदूतावासले आज उनलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको हो ।
 
नवनिर्वाचित राष्ट्रपति पौडेलले आजै पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । उनी यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका हुन् ।

नवनिर्वाचित राष्ट्रपति पौडेललाई राष्ट्रपतिको कार्यालय, शीतल निवासमा आज आयोजित विशेष समारोहमा कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले सपथ गराएका हुन्  ।


प्रकाशित मिति: सोमबार, २९ फागुन, २०७९, १८:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९