काठमाडौँ, । नेपाल पत्रकार महासंघको चैतमा ‘राष्ट्रिय मिडिया सम्मेलन’ गर्ने भएको छ । आज उपलब्ध केन्द्रीय समितिले महासंघको सदस्यता शुद्धीकरण, सञ्चार क्षेत्रको सबलीकरणका लागि सम्मेलन गर्न थालेको महासचिव रोशन पुरीले जानकारी दिए । सम्मेलन लुम्बिनीमा हुने छ ।
बैठकका निर्णय
१. बैठकले हाल विभिन्न सञ्चार प्रतिष्ठानमा देखिएको श्रमजीवी पत्रकारका समस्याका विषयलाई गम्भीर रूपमा लिई त्यसको समाधानका लागि कानुनी तथा दबाबमूलक संघर्षको कार्यक्रमलाई अगाडि बढाउने निर्णय गरेको छ । साथै, तत्काल पत्रकारको न्यूनतम पारिश्रमिक समयसापेक्ष दृद्धि गर्न सरकारसँग माग गर्दछ ।
२. हाल सञ्चारसम्बन्धी विभिन्न कानुनहरू निर्माण हुने क्रममा रहेकोप्रति बैठकले गम्भीर चासो लिई उक्त कानुनहरू प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री निर्माण गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
३. सर्वोच्च अदालतले अधिकार सम्पन्न छुट्टै प्रेस रजिष्ट्रार नियुक्ति गर्न आदेश दिइसकेको सन्दर्भमा बैठकले तत्काल छुट्टै प्रेस रजिष्ट्रारको कार्यालय गठन गरी प्रेस रजिष्ट्रार नियुक्ति गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
४. साना लगानी तथा स्वरोजगारमूलक मिडियाहरू धरासायी हँुदै गएको सन्दर्भमा समानुपातिक विज्ञापन वितरण प्रणालीलाई तत्काल लागू गर्न बैठक सरकारको ध्यानाकर्षण गराउँदछ ।
५. बैठकले आगामी चैत्र १६ गते महासंघको ६८औं स्थापना दिवसलाई ‘विश्व शान्तिको मुहान’ लुम्बिनीमा विशेष कार्यक्रम गरी मनाउने निर्णय गरेको छ । साथै, बैठकले उक्त दिन प्रदेश समिति र जिल्ला शाखामा पनि अनुकूलताअनुसार विभिन्न रचनात्मक तथा अतिरिक्त क्रियाकलापको आयोजना गरी स्थापना दिवस मनाउन आग्रह गरेको छ ।
६. महासंघको सदस्यता शुद्धीकरण, सञ्चार क्षेत्रको सबलीकरणका लागि चैत्र १७ लुम्बिनीमा ‘राष्ट्रिय मिडिया सम्मेलन’ गर्ने निर्ण बैठकले गरको छ । सम्मेलनमा सञ्चार क्षेत्रका विज्ञ, अर्थविद, मिडियाको समग्र अनुसन्धानको क्षेत्रमा क्रियाशील, महासंघका पूर्वअध्यक्ष, सल्लाहकार, केन्द्रीय समिति, प्रदेश समितिका अध्यक्ष÷महासचिव तथा शाखा समितिका अध्यक्ष सहभागी हुनेछन् ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९