प्रधानमन्त्री दाहाल चैत पहिलो साता विश्वासको मत लिने

प्रधानमन्त्री दाहाल चैत पहिलो साता विश्वासको मत लिने


प्रधानमन्त्री दाहाल चैत पहिलो साता विश्वासको मत लिने

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विश्वासको मत लिएपछि मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन् ।

राष्ट्रपति र उपराष्ट्रपतिको चुनावपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने तयारी गरेका हुन् ।

स्रोतका अनुसार दाहालले ७ चैतमा प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका छन् । विश्वासको मत लिने तयारीबारे प्रधानमन्त्री दाहालले सत्ता गठबन्धनका दलहरूसँग अनौपचारिक छलफलसमेत गरिसकेका छन् । 

प्रतिनिधि सभाको बैठक ५ चैतका लागि सभामुख देवराज घिमिरेले आह्वान गरेका छन् । ३ चैतमा उपराष्ट्रपति निर्वाचन सम्पन्न भएपछि ४ चैतमा गठबन्धन दलको बैठक बसेर विश्वासको मतबारे छलफल गर्ने र ७ चैतमा विश्वासको मत लिने तयारी आफ्नो रहेको प्रधानमन्त्री दाहालले कांग्रेसका शीर्ष नेताहरूलाई जानकारी दिएका छन् ।

प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपतिको चुनावअघि विश्वासको मत लिन खोजेका थिए । समय अभावका कारण विश्वासको मत लिने कार्यक्रम चुनावपछि धकेलिएको हो ।

प्रधानमन्त्रीले विश्वासको मत पाएपछि कांग्रेस, जसपा, एकीकृत समाजवादी, लोसपा, नागरिक उन्मुक्ति पार्टी लगायतका दल सरकारमा जाने तयारी गरेका छन् ।


प्रकाशित मिति: मंगलबार, ३० फागुन, २०७९, ०९:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९