काठमाडौँ । नेपाली कांग्रेसले उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका संसदीय दलका नेता रामसहायप्रसाद यादवलाई मत दिने भएको छ ।
उपराष्ट्रपति निर्वाचनमा सबैभन्दा बढी मत भएको कांग्रेसले कार्यसम्पादन समिति बैठकबाट रामसहायलाई उपराष्ट्रपतिमा मत दिने निर्णय गरेको हो ।
आज पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले गठबन्धनबाट साझा उम्मेदवार रहेका उपराष्ट्रपति निर्वाचनमा रामसहायप्रसाद यादवलाई मतदान गर्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।
उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदैछ । प्रवक्ता डा. महतले कांग्रेसले पार्टीबाट प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभामा निर्वाचित भएका सदस्यहरूलाई यादवका पक्षमा मतदान गर्न निर्देशनसमेत दिएको छ।
उपराष्ट्रपतिमा यादवसँगै एमालेकी उपाधयक्ष अष्टलक्ष्मी शाक्य र जनमत पार्टीका ममता झा पनि उम्मेदवार छन् ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९