काठमाडौं, । नेकपा एमालेले उपराष्ट्रपति निर्वाचनको आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसलाई कारबाहीको माग गरेको छ।
चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि गएराति १२ बजेदेखि मौन अवधि सुरु भइसकेको छ। मौन अवधिको उल्लंघन गर्दै नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जसपाका उम्मेदवार रामसहायप्रसाद यादवलाई मतदान गर्ने निर्णय गरेपछि एमालेले कारबाहीको माग गर्दै निर्वाचन आयोगमा उजुरी दिएको हो।
‘यसले निर्वाचनको मर्यादा, स्वच्छता र निष्पक्षतालाई समेत कमजोर बनाएको छ। आचारसंहिता उल्लङ्घनको निर्णय गर्ने नेपाली कांग्रेसलाई कारबाहीको दायरामा ल्याउन निर्वाचन आयोगको ध्यानाकर्षण गराउँछौं’, एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले भने ‘यस बारेमा निर्वाचन आयोगमा उजुरी समेत दर्ता गरेका छौं।’
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९