अखिलले भन्यो,–रोकिएका क्याम्पसमा स्ववियु निर्वाचन अघि बढाउ

अखिलले भन्यो,–रोकिएका क्याम्पसमा स्ववियु निर्वाचन अघि बढाउ


अखिलले भन्यो,–रोकिएका क्याम्पसमा स्ववियु निर्वाचन अघि बढाउ

काठमाडौँ, । अनेरास्ववियुले सवै विश्वविद्यालय र क्याम्पसमा स्ववियु निर्वाचनको प्रक्रिया अघि बढाउन माग गरेको छ । 

अनेरास्ववियुका अध्यक्ष समिक बडालले सत्तारुढ निकट विद्यार्थी संगठनको कारणले क्याम्पसमा रोकिएको स्ववियु निर्वाचन अगाडि बढाउन माग गरेका हुन । उनले निर्वाचन प्रक्रिया अगाडि नबढाए न्यायप्रेमी विद्यार्थी साथीको सहयोगमा सरकार र विश्वविद्यालयको गैर जिम्मेवारिपन विरुद्ध सडक संघर्ष गर्ने बताए । 

अखिलले देशका सबैभन्दा बढी विद्यार्थीहरु अध्ययन गर्ने पृथ्वीनारायण क्याम्पस, ठाकुरराम बहुमुखी क्याम्पस, आरआर. क्याम्पस, पाटन संयुक्त क्याम्पस, बाल्मीकी क्याम्पस, विरेन्द्र ब. क्याम्पस, पोखरा वन क्याम्पस, सिद्धनाथ साईन्स क्याम्पस, चितवन ई. कलेज लगायत आंगिक क्याम्पसहरु र अत्याधिक विद्यार्थीहरु अध्ययन गर्ने सामुदायिक क्याम्पसहरुमा सत्ताधारी संघ÷संगठनहरु अनेकौं बहनाबाजी गर्दै निर्वाचन टार्ने अभियानमा दौडिरहेका बताएको छ । 

अखिलले त्रिभुवन विश्वविद्यालयका ६२ वटा आंगिक क्याम्पस, एक हजारभन्दा बढी सामुदायिक तथा नीजि क्याम्पसका साथै नेपाल संस्कृत विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयका क्याम्पसमा विश्वविद्यालयको निर्वाचन निर्देशिका अनुरुप निर्वाचन सम्पन्न गर्न विश्वविद्यालय प्रशासनलाई अपिल समेत गरेको छ । 

“निर्दलीय पञ्चायती व्यवस्थामा समेत निर्वाध रुपमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुने गर्दथ्यो । तर यसपटक निर्वाचनमा सत्ताधारी विद्यार्थी संगठनहरुले विभिन्न क्याम्पस र विश्वविद्यालयहरुमा आगजनी, तोडफोड र तालाबन्दी गरिरहेका छन” अध्यक्ष बडालले जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

अनेरास्ववियुले विजय हासिल गर्ने क्याम्पसमा क्याम्पस प्रमुख र निर्वाचन समितिका प्रमुखहरुलाई सुरक्षा चुनौति हुने गरी सत्ताधारी दलका छायाँ संगठनका नेता कार्यकर्ताहरु समेत गतिविधि  गरिरहेका उनको भनाई रहेको छ । 

“विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री र सत्ता गठबन्धनका शिर्ष नेताहरु समेत विश्वविद्यालयका पदाधिकारी र क्याम्पस प्रमुखहरुलाई धम्की दिने काममा अग्रसर हुनु हाम्रा लागि असह्य विषय हो,” बडालले भनेका छन–“ निर्वाचन गराउन सुरक्षा प्रदान गराउनुपर्ने निकायबाट यथेष्ट सहयोग नहुँदा १४ वर्षपछि हुन लागेको स्ववियु निर्वाचन हुन नदिन वर्तमान सरकार उद्दलित रहेको पुष्टि हुन्छ ।”

 


प्रकाशित मिति: शनिबार, ४ चैत, २०७९, १०:०६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९