यसपटक पनि हामी जित्छौ : प्रविन गिरी, समापति पदका उम्मेदवार नेपाल कर्मश क्याम्पस

यसपटक पनि हामी जित्छौ : प्रविन गिरी, समापति पदका उम्मेदवार नेपाल कर्मश क्याम्पस


यसपटक पनि हामी जित्छौ : प्रविन गिरी, समापति पदका उम्मेदवार नेपाल कर्मश क्याम्पस

काठमाडौँ, । भोलि हुने स्ववियु निर्वाचन नेपाल कर्मस क्याम्पसमा अनेरास्ववियुले आफ्नो विरासत कायम गर्ने भएको छ । 

तीन ठूला विद्यार्थी संगठनविरुद्ध एकल उम्मेदवारी दिएको अनेरास्ववियुले आफ्नो विरासत कायम राख्ने भएको हो । नेपाल विद्यार्थी संघ, अनेरास्ववियु (क्रान्तिकारी) र अनेरास्ववियूले क्याम्पसमा तालमेल गरेका छन् । 

अनेरास्ववियुले २०३६ सालदेखि लगातार जित्दै आएको स्ववियु निर्वाचनमा यसपटक प्रविन गिरीलाई उम्मेदवार बनाएको छ । गिरी विद्यार्थी आन्दोलन आफू लागे र सवै विद्यार्थीले आफूलाई मत दिने बताउँछन् । उनले तीन ठूला विद्यार्थी संगठनको गठबन्धनले आफूलाई असर नगर्ने बताउँछन ।“ नेपाल कर्मश क्याम्पस अखिलले २०३६ सालदेखि जित्दै आएको छ । जति विद्यार्थी संगठनका गठबन्धन गरेपनि हामीलाई केही हुँदैन । हामी सजिलै चुनाव जित्छौ” उनले भने । 

यसअघि २०६५ सालमा स्ववियु निर्वाचनमा अखिलका बागि उम्मेदवार तुलसी मैनालीले निर्वाचन जितेका थिए । 

यसपटकको स्ववियु निर्वाचन अखिलले सचिव दिवस सापकोटा, कोषाध्यक्ष विशाल रोकाहा, सदस्यमा रविन्द्रसिंह धामी, रिया खनाल, कुशल कार्की, सौगात पुरी, मौसम आचार्य, दिपक केसी, अनिशा कार्की र नविन तामाङ रहेका छन् । 

अखिलले स्थायी कमिटी सदस्य वम रावललाई नेपाल कर्मश क्याम्पसमा जिताउनका लागि कमाण्डर खटाएको छ । 

 


प्रकाशित मिति: शनिबार, ४ चैत, २०७९, १३:३९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९