काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिने भएको छ ।
आइतबार बिहान संसद् भबन नयाँ वानेश्वरमा बसेको कार्यसम्पादन समिति बैठकले प्रधाननमन्त्री दाहाललाई विश्वासको मत दिने र सरकारमा सहभागी हुने निर्णय गरेको हो ।
प्रवक्ता डा. प्रकाशशरण महतले कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको जानकारी दिए।
प्रधानमन्त्री दाहालले सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका छन्।
‘प्रधानमन्त्रीलाई विश्वासको मत दिन संसदीय दल बैठकलाई निर्देश गर्ने निर्णय भएको छ,’ प्रवक्ता डा. महतले भने । सरकारमा सहभागी हुने निर्णय पनि बैठकले गरेको छ ।
सबै प्रदेश तथा समावेशी सिद्धान्तअनुसार मन्त्री छानेर सरकारमा पठाउने निर्णय गरेको कांग्रेस आजबाट प्रतिनिधि सभामा सत्ता पक्षमा बस्ने भएको छ ।
प्रतिनिधि सभा बैठक आइतबार एक बजे बोलाइएको छ ।
का.ग्रेस संसदीय दलको बैठक केही बेरमा संसद् भवन वानेश्वरमै बस्नेछ । बैठकमा सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले सांसदहरूलाई प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय सुनाउनेछन्।
प्रतिनिधि सभामा कांग्रेसका ८८ सांसद छन् ।
बैठकले उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएकोमा बधाई दिने निर्णयसमेत गरेको छ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९