आरआर, पाटन र कर्मश क्याम्पसमा स्ववियु निर्वाचन गराउन अन्तरिम आदेश

आरआर, पाटन र कर्मश क्याम्पसमा स्ववियु निर्वाचन गराउन अन्तरिम आदेश


आरआर, पाटन र कर्मश क्याम्पसमा स्ववियु निर्वाचन गराउन अन्तरिम आदेश

काठमाडौँ, । उच्च अदालत पाटनले रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर), नेपाल कर्मश क्याम्पस र पाटन सयुक्त क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन गराउन अन्तरिम आदेश दिएको छ । 

आज उच्च अदालत पाटनका न्यायाधीश जगदीश घिमिरेको एकल इजलासले तीनवटै रिटमाथि सुनवाई गर्दै  विद्यार्थी हकहितको लागि स्थापित स्ववियु निर्वाचन यथासिघ्र गराउन तीनवटै क्याम्पसलाई आदेश दिएका छन् । 

‘विद्यार्थी हकहितलाई दृष्टिगत गर्दा सुविधा सन्तुलनको दृष्टिले यथासक्य चाँडौ सवै पक्षलाई समावेश गराई समन्वय गरि निर्वाचन हुने मिति तोकि स्ववियु निर्वाचन सम्बन्धि बाकी कारवाही गर्नु गराउनु भनि विपक्षका नाममा अन्तरिम आदेश जारी गरिएको’ आदेशमा भनिएको छ । 

आदेशमा विद्यार्थी हकहितको लागि स्थापित स्ववियुको निर्वाचनलाई अनिश्चितकालसम्म स्थगन गर्न मनासिव नदेखिएको समेत उल्लेख गरिएको छ । 

आरआरका विद्यार्थी मदन भण्डारी, कर्मश क्याम्पसका दिवस सापकोटा र पाटन क्याम्पसमा सुरेश जिसीले निर्वाचन गर्न माग राख्दै रिट निवेदन दर्ता गराएका थिए ।  

ती तिनवटै क्याम्पस सहित उपत्यकामा अमृत साइन्स क्याम्पस, त्रिचन्द्र क्याम्पस, विश्वभाषा क्याम्पस, आयुर्वेद क्याम्पसमामा स्ववियु निर्वाचन हुन सकेको छैन । 

त्रिभुवन विश्वविद्यालयले यहि चैत ५ गते देशभरिका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन गराएको थियो । 

 


प्रकाशित मिति: बुधबार, १५ चैत, २०७९, ०८:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९