माओवादी छाडेर जनमतमा प्रवेश गरे कुसवाह, बारा– २ मा निर्वाचन लड्ने

माओवादी छाडेर जनमतमा प्रवेश गरे कुसवाह, बारा– २ मा निर्वाचन लड्ने


माओवादी छाडेर जनमतमा प्रवेश गरे कुसवाह, बारा– २ मा निर्वाचन लड्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री शिवचन्द्र कुशवाह जनमत पार्टीमा प्रवेश गरेका छन् ।

गत निर्वाचनमा गठबन्धनबाट माओवादी उम्मेदवार बनी करिब ३ सय मत अन्तरमा जसपाका रामसहाय यादवसँग पराजित भएका कुशवाह बुधबार जनमतमा प्रवेश गरेका हुन् ।

रिपोर्टर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा कुशवाहलाई स्वागत गर्दै जनमत पार्टीका अध्यक्ष सीके राउतले माओवादी आन्दोलनमा योगदान गरेका कुशवाहलाई बारा २ बाट उपचुनावमा उम्मेदवार बनाउने घोषणा समेत गरे ।

रामसहाय उपराष्ट्रपति बनेपछि सो क्षेत्रमा उपचुनाव हुँदैछ । उपेन्द्र यादवलाई चुनाव जिताउँने षडयन्त्र अनुरुप बारा २ मा हतार हतार उपचुनाव गराइएको भन्दै राउतले सप्तरीका जनताले अश्वीकार गरेका यादवलाई बारा २ का जनताले पनि अश्वीकार गर्ने बताए ।


प्रकाशित मिति: बुधबार, १५ चैत, २०७९, १३:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९