काठमाडौँ । नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनियताको शपथ लिएका छन् ।
उनीहरूले राष्ट्रपति भवन शितल निवासमा भएको एक समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलमार्फत शपथ लिएका हुन् ।
कांग्रेसका पूर्णबहादुर खड्का उपप्रधानसहित रक्षा, नेकपा एकीकृत समाजवादीका डा। बेदुराम भुसाल कृषि तथा पशुपन्छी, जसपाका अशोक राई शिक्षा, लोसपाका शरदसिंह भण्डारी श्रम तथा रोजगार, कांग्रेसका डा। प्रकाशसरण महत अर्थ, नेसपाका महिन्द्र राययादव महिला बालबालिका मन्त्रीको रुपमा शपथ लिए।
यस्तै, माओवादीका शक्ति बस्नेत ऊर्जा तथा जलश्रोत, एकीकृत समाजवादीका प्रकाश ज्वाला भौतिक, नागरिक उन्मुक्तीका रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, कांग्रेसका रमेश रिजाल उद्योग र कांग्रेसकै सिता गुरुङले सहरी विकासको रुपमा शपथ लिए।
यसअघि भौतिक मन्त्रालयमा रहेको नारायणकाजी श्रेष्ठलाई उपप्रधानसहित गृहमन्त्री बनाइएको छ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९