काठमाडौं । कांग्रेस, माओवादी सहितको सत्तारुढ गठबन्धनमा आवद्ध दलमध्ये ४ दलको बैठक सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सरकारको साझा न्यूनतम कार्यक्रमलाई अन्तिम रुप दिन गठबन्धनभित्र रहेका कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादीका शीर्ष नेताहरुको बैठक जारी रहेको हो ।
बैठक अगाडी उनीहरुले लोसपाका अध्यक्ष महन्थ ठाकुर समेतको हस्ताक्षर सहित बैशाख १० को उपचुनावमा गठबन्धनका उम्मेदवारलाई जिताउन पार्टीका नेता कार्यकर्तालाई सामुहिक अपिल समेत गरेका थिए । त्यसपछि गठबन्धनका ४ दलको बैठक बसेको हो ।
बैठकमा गठबन्धन सरकारको न्यूनतम साझा कार्यक्रमको विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकले सरकारको साझा न्यूनतम कार्यक्रमलाई अन्तिम रुप दिने तयारी भएको नेताहरुको भनाई छ ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९