ओलीसँगै १७ वर्ष जेल बसेका नरेश खरेलसहित १० जनाले छोडे एमाले

ओलीसँगै १७ वर्ष जेल बसेका नरेश खरेलसहित १० जनाले छोडे एमाले


ओलीसँगै १७ वर्ष जेल बसेका नरेश खरेलसहित १० जनाले छोडे एमाले

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओलीलाई गृहजिल्ला झापामा झटका लागेको छ ।

आफुसगै १७ बर्ष जेल बसेका एमालेका केन्द्रीय सल्लाहकार सदस्य नरेश खरेल, एमाले झापाकी उपसचिव चन्द्रा श्रेष्ठ, हिरा पोखरेललगायतका १० जनाले एकै पटक एमाले छाडेको घोषणा गरेर ओलीलाई गृहजिल्ला झापामै झटका लागेको हो ।  नरेश खरेलकी श्रीमती पवित्रा खरेल भने विदेशमा रहेकाले उनले एमाले छाडेकी छैनन् ।

उनले पनि एमाले छोडन सक्ने बताईएको छ ।

सहिद रत्नकुमार वान्तवाको स्मृति दिवसको अवसर पारेर उनिहरुले एमाले छोडेको घोषणा गरेका हुन् ।

पार्टी छोडेका खरेलसहितका नेताहरुले अब आफौ कुन पार्टीमा जाने भन्ने बारेमा केही नखुलाए पनि  उनिहरु एकीकृत समाजबादीका महासचिव घनश्याम भुसालसग सम्बादमा रहेकोले उनिहरु माधब नेपाल नेतृत्वको एकीकृत समाजवादीमा प्रबेश गर्न सक्ने अनुमान गरिएको छ ।

यसअघि एमाले हल्दिवारी गाउँपालिकाका पूर्व उपाध्यक्ष डम्बर गिरीले पनि एमाले छाडेर नेकपा समाजवादीमा प्रवेश गरेका थिए ।

पार्टीभित्र वैचारिक संघर्ष गर्ने क्रममा अनेक किसिमका अपमान तिरस्कारको सामना गर्नु परेको भन्दै ती नेता तथा कार्यकर्ताले एमाले छाडेको जनाएका छन् ।


प्रकाशित मिति: सोमबार, २७ चैत, २०७९, १८:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९