मधेस सरकारबाट माओवादी बाहिरिने

मधेस सरकारबाट माओवादी बाहिरिने


मधेस सरकारबाट माओवादी बाहिरिने

काठमाडौं । सत्तागठबन्धनमा लफडा सुरु भएको छ । मंगलबार नेपाली कांग्रेस र एकीकृत समाजवादीलाई समेटेर मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेपछि लफडा सुरु भएको हो ।

माओवादी केन्द्रले मधेस प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको छ । माओवादी संसदीय दलको बैठक बसेर सरकारबाट बाहिरिने निर्णय गरेको एक नेताले जानकारी दिए । सोमबार बसेको सत्तागठबन्धन बैठकमा मधेस सरकार विस्तारको विषयमा छलफल भएको थियो । मंगलबार पनि बैठक बस्ने भनिएको थियो । तर मुख्यमन्त्री यादवले मंगलबार बिहानै कांग्रेस र एकीकृत समाजवादीबाट मन्त्री नियुक्त गरेपछि माओवादी मधेस सरकारबाट बाहिरिने निर्णय गरेको हो ।

कांग्रेस मधेस प्रदेशका संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी र वीरेन्द्रप्रसाद सिंहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी दिइने भएको छ । नवनियुक्त मन्त्रीहरूको आजै शपथग्रहणको समय मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तोकेको छ ।

 


प्रकाशित मिति: मंगलबार, ९ जेठ, २०८०, १४:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९