बागमती सरकारबाट नीति तथा कार्यक्रम पास

बागमती सरकारबाट नीति तथा कार्यक्रम पास


बागमती सरकारबाट नीति तथा कार्यक्रम पास

काठमाडौं । बागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०८०र०८१ को नीति तथा कार्यक्रम पास गरेको छ । प्रदेश सरकारको आइतबार बिहान बसेको बैठकले संसदमा पेश गरिने आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पास गरेको हो ।

उक्त नीति तथा कार्यक्रम आज आइतबार दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रस्तुत गर्नेछन् । त्यस्तै मन्त्रिपरिषद् बैठकले ५ वटा प्रहरी इकाई भवनको निर्माणका खर्च अख्तियारी दिने निर्णय गरेको छ ।

बैठकले प्रहरी चौकी रत्ननगर–६ सौराहा, चितवन ९७ लाख ३३ हजार रुपैयाँ, जिल्ला प्रहरी कार्यालय मकवानपुर महिला व्यारेक भवन ८४ लाख २२ हजार रुपैयाँ, प्रहरी चौकी खाङसाङ फिक्कल–४ सिन्धुली एक करोड ३ लाख ३९ हजार रुपैयाँ, जिल्ला ट्राफिक कार्यालय रामेछाप एक करोड ३२ लाख ६१ हजार रुपैयाँ र इलाका प्रहरी कार्यालय मकवानपुरगढीको भवन एक करोड ९८ लाख १ हजार रुपैयाँ गरी कुल ६ करोड १५ लाख ५६ हजार रुपैयाँ अख्तियारी प्रदान गर्ने निर्णय गरेको हो ।

 


प्रकाशित मिति: आइतबार, १४ जेठ, २०८०, १३:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९