कांग्रेस सुधार्न एकढिक्का भएर लागेका छौंः शेखर कोइराला

कांग्रेस सुधार्न एकढिक्का भएर लागेका छौंः शेखर कोइराला


कांग्रेस सुधार्न एकढिक्का भएर लागेका छौंः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले पार्टी सुधार गर्न आफूहरु लागिपरेको बताएका छन् । शुक्रबार चितवनमा डेमोक्रेटिक लयर्स एसोसिएसनको ११औँ महाधिवेशनमा उनले चितवनसहित देशभर कांग्रेसको अवस्था राम्रो नभएको भन्दै आफूहरु एकढिक्का भएर लागेको बताए ।

डिएलएले चितवनलाई महाधिवेशनको थलो बनाएर लोकतान्त्रिक आन्दोलनलाई नयाँ ढंगबाट अगाडि बढाउने कांग्रेस अभियानलाई बल प्रदान गरेको उनको भनाइ छ । ‘चितवन त्यो भूमि हो जहाँबाट नेपालको लोकतान्त्रिक आन्दोलनले ऊर्जा प्राप्त गरेको छ, जहाँबाट निरंकुशताविरुद्ध बिगुल फुकेर अनेकन योद्धाहरुले सहादत प्राप्त गरेका छन्,’ उनले भने ।

अग्रजले प्रदान गरेको जिम्मेवारी पूरा गर्न सबै एकढिका भएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । कोइरालाले एकपटक चितवन कांग्रेसको अवस्था बुझ्न पनि आग्रह गरे । चितवनमा कांग्रेसको अवस्था कम्जोर भएकाले आगामी दिनमा सुधार गर्नुपर्ने बताउँदै उनले भने, ‘चितवनभित्र कांग्रेसमा भएका कमजोरीलाई पत्ता लगाइदिनुहोस्, हामी कांग्रेसलाई सुधार गर्ने पक्षमा प्रतिवद्ध छौँ ।’


प्रकाशित मिति: शुक्रबार, २६ जेठ, २०८०, १७:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९