प्रस्तावित प्रधानन्यायाधीश कार्कीको अन्तिम संसदीय सुनुवाइ ३२ गते हुने

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको अन्तिम संसदीय सुनुवाइ ३२ गते हुने


प्रस्तावित प्रधानन्यायाधीश कार्कीको अन्तिम संसदीय सुनुवाइ ३२ गते हुने

काठमाडौं। संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अन्तिम सुनुवाइ ३२ गते गर्ने भएको छ ।

सोमबार बसेको समितिको बैठकमा आउँदो ३२ गते अन्तिम सुनुवाइ गर्ने कार्यतालिका प्रस्तुत गरिएको छ । सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको भवनमा बसेको सुनुवाइ समितिको बैठकमा कार्कीविरुद्ध परेका उजुरीका विषयमा छलफल भएको छ ।

 गत २५ वैशाखमा संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेपछि संसदीय सुनुवाइका लागि समितिले १६ जेमा कार्कीविरुद्ध १० दिन समय दिएर उजुरी आह्वान गरेको थियो ।

उक्त समयावधिमा कार्कीविरुद्ध २९ उजुरी परेका छन् । ती उजुरी सोमबारको बैठकमा खोलिएको छ ।

योसँगै अब समितिले मंगलबार र बुधबार उजुरीकर्तासँग र बिहीबार कार्कीलाई बोलाएर छलफल गर्ने भएको छ । उक्त कार्यतालिका सोमबारको बैठकमा प्रस्तुत गरिएको छ ।

प्रधानन्यायाधीशमा प्रस्तावित  कार्की ६५ वर्षे उमेरहदका कारण आउँदो २० साउनदेखि अनिवार्य अवकाश पाउँदै छन् ।


प्रकाशित मिति: सोमबार, २९ जेठ, २०८०, १२:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९