राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य छः शीतल निवास

राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य छः शीतल निवास


राष्ट्रपतिको स्वास्थ्य अवस्था सामान्य छः शीतल निवास

काठमाडौं । शीतल निवासले राष्ट्रपति रामचन्द्र पौडेलको अवस्था सामान्य रहेको जनाएको छ ।

एक विज्ञप्ति जारी गर्दै राष्ट्रपतिको कार्यालयले आज बिहान ८ बजे अस्पतालबाट डिस्चार्ज भएका पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको हो ।

‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यू नियमित स्वास्थ्य परीक्षण, उपचार तथा २४ घण्टा चिकित्सकहरूको अवलोकनपछि आज बिहान ८ बजे सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रबाट डिस्चार्ज भई राष्ट्रपति निवास फर्कनुभएको छ । सम्माननीय राष्ट्रपतिज्यूको स्वास्थ्य अवस्था सामान्य छ,’ विज्ञप्तिमा भनिएको छ ।

मुटु जाँचका लागि राष्ट्रपति पौडेल मंगलबार अस्पताल भर्ना भएका थिए ।

 


प्रकाशित मिति: बुधबार, ३१ जेठ, २०८०, १४:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९