काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले मंगलबार सुन र चाँदीको मूल्य घटेको जानाएको छ । सोमबारको तुलनामा मंगलबार सुनचाँदीकै मूल्य घटेको महासंघले जानाएको हो ।
महासंघका अनुसार सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । यससँगै, छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार २५० रुपैयाँ कायम छ ।
सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ४५० रुपैयाँ कायम थियो । सोमबार सुनको भाउ स्थिर रहँदै आइतबारकै मूल्यमा कारोबार भएको थियो ।
यस्तै, मंगलबार चाँदीको मूल्यमा १० रुपैयाँको गिरावटसँगै १४ सय ३० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । सोमबार १४ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९