सिन्धुपाल्चोकका पूर्वसभापति लामाको निधन

सिन्धुपाल्चोकका पूर्वसभापति लामाको निधन


सिन्धुपाल्चोकका पूर्वसभापति लामाको निधन

सिन्धुपाल्चोक । नेपाली काँग्रेस सिन्धुपाल्चोकका निवर्तमान सभापति बिकास लामाको निधन भएको छ । लामो समयदेखि क्यान्सर पीडित ६४ वर्षीय लामाको उपचारकै क्रममा शुक्रबार राती काठमाडौँको वीर अस्पतालमा निधन भएको हो ।

विद्यार्थीकाल देखिनै नेपाली काँग्रेसको राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका लामा तेह्रौँ महाधिवेशनमा नेपाली काँग्रेस सिन्धुपाल्चोकको सभापतिमा निर्वाचित भएका थिए । नेपाली काँग्रेसमा एउटा सादगी नेताको रुपमा परिचित लामा काँग्रेसको चौधौँ महाधिवेशनमा सह महामन्त्रीका प्रत्याशी थिए ।

लामाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीकालागी शनिबार दिनभर काठमाडौँ बौद्ध तिनचुलीस्थित ह्योल्मो गुम्बामा राखिने र आइतबार दाह संस्कार गरिने नेपाली काँग्रेस सिन्धुपाल्चोकका सभापति जङ्ग बहादुर लामाले जानकारी दिए ।

मृतक लामाको एक श्रीमती दुई छोरा र चार छोरी छन् । उनको कान्छी श्रीमतीको भने यस अघीनै मृत्यु भइसकेको छ ।

 


प्रकाशित मिति: शनिबार, ९ असार, २०८०, ११:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९