नेपाललाई तेस्रो पटक एसीसी यू-१६ इस्ट जोन कपको उपाधि

नेपाललाई तेस्रो पटक एसीसी यू-१६ इस्ट जोन कपको उपाधि


नेपाललाई तेस्रो पटक एसीसी यू-१६ इस्ट जोन कपको उपाधि

काठमाडौं । ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै नेपालले लगातार तेस्रो पल्ट एसीसी यू-१६ इस्ट जोन कप क्रिकेटको उपाधि जितेको छ । नेपालले लगातार तेस्रो पटक उपाधि जितेको हो ।

मलेसियाको बायुमास ओभलमा भएको फाइनलमा जितको लागि २ सय ५३ रनको विशाल विजयी लक्ष्य पछ्याएको मलेसिया १४.५ ओभरमा ३१ रनमा अल आउट भयो ।

मलेसियाका मोहम्मद अक्रमले १० रन बनाए । अन्य कुनैपनि ब्याटरले नेपाली बलर सामु दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि कप्तान अभिषेक तिवारीले ६ ओभरमा ७ रन खर्चेर ५ विकेट लिए । सन्तोष यादवले ३ तथा अशोक धामी र सन्तोष गरलेले १/१ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ८ विकेटको क्षतिमा २५२ रन जोडेकाे थियाे ।

नेपालका लागि शीर्षक्रमका ब्याटर नरेन भट्टले ८९ बलमा १० चौका र २ छक्कासहित १ सय १२ रनको सानदार अविजित शतकीय इनिङ खेले । ओपनर निरज यादव ४९ बलमा ६ चौकासहित ४७ रनमा आउट भए । ओपनर सूर्यान्सु कोइराला १८ रन, सन्तोष यादव २९, अशोक धामी ११ र दिपु कुमार ५ रनमा आउट भए ।

मलेसियाका मोहम्मद अक्रमले ७ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए ।

यसअघि नेपालले २०१७ र २०१९ मा पनि यू१६ को उपाधि जितेको थियो ।


प्रकाशित मिति: मंगलबार, १९ असार, २०८०, १८:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९