कांग्रेसलाई फिजियोथेरापी आवश्यक : नेता भट्टराई

कांग्रेसलाई फिजियोथेरापी आवश्यक : नेता भट्टराई


कांग्रेसलाई फिजियोथेरापी आवश्यक : नेता भट्टराई


काठमाडौँ , । नेकपा (एमाले)का नेता खिमलाल भट्टराईले कांग्रेसलाई वैशाखी नटेकी उभिन सक्ने बनाउनका लागि फिजियोथेरापी आवश्यक रहेको बताएका छन् । 

भर्खरै सकिएको जिल्ला सभापतिहरुको  भेलामाथि टिप्पणी उनले आज सामाजिक संजालमा गर्दै कांग्रेस अहिलेको राजनीतिको चुरोमा नपुगी तङिग्रन सम्भव नरहेको समेत बताए । 

“कांग्रेस तङ्ग्रिन सम्भव देखिन्न । वैशाखी नटेकी उभिन सक्ने बनाउन काँग्रेसले फिजियोथेरापी  गर्नुपर्यो,” उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

कांग्रेस महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले वोलाएको सभापति भेलाबाट काँग्रेसको संगठन शिथिल भएको, गठबन्धन सरकारमा कांग्रेसको भूमिका सहयोगी मात्रै रहेको, सरकारको काम प्रभावकारी नभएको र  अर्थमन्त्रीले गुट हेरेर वजेट बाँडेको उल्लेख गरेका छन् । 

नेता भट्टराईले कांग्रेस सभापतिको पार्टी भित्रको समस्याको पहिचान सही रहेको उल्लेख गरेका छन् । 

उनले पार्टी सभापति शेरबहादुर देउवा भेलामा नगई सरकारको पालो कुरेर बसेको बताएका छन् । 

“पार्टी सभापति शेरबहादुर देउवाजी भेलामा जानु भएन । निजले सरकारको पालो कुरेर बस्नु भएको छ ” उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

महामन्त्री मित्रहरूले दुःख गरेर पार्टीको भलो चिताई बोलाएको वैठक फुलॅगो र गुटमा पो बदलियो कि ? भन्ने प्रश्न उठेको नेता भट्टराईको भनाई रहेको छ  ।  

 


प्रकाशित मिति: शनिबार, २३ असार, २०८०, १२:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९