काठमाडौँ । मिनी संसदमा रुपमा चिनिने संसदीय समितिमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशशरण महतको राजीनामा मागिएको छ ।
सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिति सभाअन्तर्गतको कानुन, न्याय र मानव अधिकार समिति बैठकमा एक क्विन्टल सुन बरामद भएको विषयलाई लिएर कांग्रेसका सांसद सुनिल शर्माले मन्त्रीहरूको राजीनामा मागेका हुन् ।
गत बुधबार विमानस्थलबाट भन्सार जाँचपास हुँदासमेत नियन्त्रणमा लिन नसकेको करिब एक क्विन्टल सुन राजस्व विभागले बरामद गरेको घटना लिएर सांसद शर्माले गृहमन्त्री र अर्थमन्त्री नैतिकताका आधारमाम राजीनामा दिनु पर्ने बताएका हुन् ।
उनले प्रधानमन्त्री मातहतका निकायले तस्करीको सुन समातेकोमा धन्यवाद दिँदै प्रधानमन्त्रीको कदमलाई सहयोग गर्नु पर्ने बताए ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९