विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले ‘सेटिङ’ बिना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी हुन नसक्ने बताएका छन् । पूर्वगृहमन्त्रीसमेत रहेका उनले विराटनगरमा आज आयोजित पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् ।
“सेटिङबिना यति ठूलो परिणामाको सुन तस्करी सम्भव छैन । यो सेटिङमा भएको हो । तर, कुन तहसम्मको सेटिङ छ भन्ने मात्रै हो,” उनले भने, “यसको निष्पक्ष छानबिन हुनुपर्छ भन्ने हाम्रो पार्टीको माग छ ।”
सर्वसाधरणको एउटा मोबाइलसमेत भेट्ने सरकारले सयौँ किलो सुन नभेट्ने भन्ने नहुने उनको तर्क छ ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९