आजदेखी कोशी सरकारका बारेमा सर्वोच्चमा बहस हुने

आजदेखी कोशी सरकारका बारेमा सर्वोच्चमा बहस हुने


आजदेखी कोशी सरकारका बारेमा सर्वोच्चमा बहस हुने

काठमाडौं । आजदेखी कोशी प्रदेश सरकार गठनका बारेमा सर्वोच्चमा बहस हुने भएको छ ।

कोशी सरकार गठन असंवैधानिक भएको भन्दै सर्वोच्चमा रिट परेपछि असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले साउन ७ गतेबाट कोशी प्रदेश सरकार गठनको कामकारबाहीका बारेमा छलफल हुने भन्दै स्टे अडरको निर्देशन दिएकी थिइन् ।

कोशी प्रदेशका पूर्व मुख्यमन्त्री तथा एमाले कोशी संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश मल्लले विपक्षीसमेत रहेका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखसँग लिखित जवाफ माग गरेकी थिइन । जसअनुसार प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखले लिखित जवाफ पेस गरे पछि आज देखी कोशी सरकारको वैधानिकतामा बहस सुरु हुन लागेको हो ।

सभामुख बाबुराम गौतम सहितको हस्ताक्षर जोडेर नेपाली कांग्रेसका उद्धव थापाको नेतृत्वमा प्रदेश सरकार गठन गरे पछि एमालेले त्यसविरुद्ध सर्वोच्चमा रिट दायर गरेका थियो । यस विषयमा नेकपा एमाले कोशी प्रदेशले निष्पक्ष छानबिन हुनुपर्ने धारणा राख्दै आएको छ।

 


प्रकाशित मिति: आइतबार, ७ साउन, २०८०, ११:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९