सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी सरकारमा जाँदै

सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी सरकारमा जाँदै


सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टी सरकारमा जाँदै

कैलाली । सुदूरपश्चिम प्रदेश सरकार गठन भएको सात महिना वितिसक्दा पनि सरकारले पुर्णता पाउन सकेको छैन । लामो समय खाली रहेको मन्त्रालयमा आज मन्त्री नियुक्त गरेर सरकार विस्तारको तयारी भइरहेको छ ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा आज मन्त्री नियुक्त गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ । उक्त मन्त्रालय नागरिक उन्मुक्ति पार्टीलाई दिने सहमति भइसकेको भएपनि नागरिक उन्मुक्ति पार्टीले दुई मन्त्रालयको दाबी नछोडेपछि अहिलेसम्म सरकारले पूर्णता पाउन सकेको थिएन ।

आज भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा रामेश्वर चौधरीलाई बनाउने कैलाश चौधरीलाई राज्यमन्त्रीका रुपमा सरकारमा पठाउने तयारी भइरहेको स्रोतको भनाइ छ ।

नागरिक उन्मुक्तिले पार्टीबाट मन्त्री बन्नेहरुको नाम मुख्यमन्त्री कमल बहादुर शाहलाई पठाइसकेको छ । मुख्यमन्त्री शाह काठमाडौंमा रहेका छन् । आज मुख्यमन्त्री काठमाडौंबाट कैलाली फर्किँदै छन् । उनी फर्किए लगत्तै सरकार विस्तार हुने स्रोतको दाबी छ ।

 


प्रकाशित मिति: सोमबार, ८ साउन, २०८०, १२:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९