एमालेले पोखरा मेयरका उम्मेदवार पौडेलको टिकट खोस्यो, थापालाई टिकट दिने

एमालेले पोखरा मेयरका उम्मेदवार पौडेलको टिकट खोस्यो, थापालाई टिकट दिने


एमालेले पोखरा मेयरका उम्मेदवार पौडेलको टिकट खोस्यो, थापालाई टिकट दिने

पोखरा । नेकपा (एमाले(ले पोखरा महानगरपालिकाको मेयरमा दीपक पौडेलको टिकट खोसेको छ । 
पौडेलको टिकट खोसेर कृष्ण थापालाई दिएको छ ।

शनिबार पौडेललाई टिकट दिएपछि उनको पूरानो भिडियोहरु शेयर गर्दै चौतर्फी आलोचना र विरोध भएको थियो । त्यसमाथि उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र केन्द्रीय सदस्य खगराज अधिकारीको टकरावका कारण कास्की एमाले विभाजित छ ।

पौडेलले गुरुङ प्यानलबाट टिकट पाएका थिए ।  पौडेलको  टिकट फिर्ता लिएर खगराज प्यानलका थापालाई टिकट दिइएको हो । उपमेयरमा भने पुनः मन्जु गुरुङ नै उम्मेद्वार बनेकी छिन् । यसअघि गुरुङले आफू उम्मेद्वार नबन्ने बताएपनि अहिले मौन छिन् ।

थापा र गुरुङ दुवैजना केन्द्रीय सदस्य हुन् ।  थापा २०५४ सालमा पनि पोखराको मेयर भएर काम गरेका ब्यक्ति हुन् । २०७० मा भने कास्की २ बाट चुनावमा पराजित भएका थिए ।


प्रकाशित मिति: सोमबार, १२ बैशाख, २०७९, १०:४७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९