गर्भवतीलाई मासिक एकहजार रुपैयाँ भत्ता : विजय सुवेदी

गर्भवतीलाई मासिक एकहजार रुपैयाँ भत्ता : विजय सुवेदी


गर्भवतीलाई मासिक एकहजार रुपैयाँ भत्ता : विजय सुवेदी

भरतपुर,। भरतपुर महानगरपालिकाको मेयर पदका उम्मेदवार विजय सुवेदीले भरतपुरमा आफू निर्वाचित भए गर्भवतीलाई मासिक एक हजार रुपैयाँका दरले भत्ता उपलब्ध गराउने घोषणा गरेका छन् । 

नेकपा (एमाले) भरतपुर–१२ ले आज आयोजना गरेको चुनावी कोणसभामा बोल्दै मेयर पदका उम्मेदवार सुवेदीले गर्भवतीको पोषणका लागि भत्ता दिइने घोषणा गरेका हुन् । आमाहरुको स्वास्थ्य राम्रो हुन सके स्वस्थ बच्चा जन्मने कुरालाई मध्यनजर गर्दै गर्भवती नगरवासीहरुको पोषणमा भत्ताले सहयोग मिल्ने सुवेदीले बताए ।

‘आज आमाको मुख हेर्ने दिन अर्थात माता तीर्थ औँसी पनि हो, सबै आमाहरुप्रति सम्मान छ’ सुवेदीले भने, ‘यस अवसरमा म महानगर प्रमुख भएको खण्डमा हरेक गर्भवतीलाई मासिक एक हजार रुपैयाँका दरले भत्ता उपलब्ध गराउने घोषणा गर्दछु ।’

निस्वार्थ, निष्पक्ष ढंगले कामगरी महानगरमा सुशासन र समृद्धि हासिल गर्ने आफ्नो संकल्प रहेको उनले बताए । भ्रष्टाचारमा शून्य सहनशीलता कायम गरिने सुवेदीले प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा भरतपुर–१२ का वडा अध्यक्ष उम्मेदवार लेखराज पन्त ‘हरि’ले वडावासीको सेवा गर्न आफू उमेदवारका रुपमा खडा भएको बताए । 

वडा कमिटी ईन्चार्ज शेषमणि नेपालको अध्यक्षतामा भएको कार्यक्रममा एमाले नेता डा तीलचन्द्र भट्टराई, जिल्ला कमिटी सदस्य अन्जु शर्मा दाहाल, वडा कमिटी अध्यक्ष तिलप्रसाद न्यौपाने लगायतले बोलेका थिए । कार्यक्रम पार्टी वडा कमिटी सचिव शोभा पण्डितले सञ्चालन गरेकी थिइन् ।

 


प्रकाशित मिति: शनिबार, १७ बैशाख, २०७९, १९:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९