नेकपा समाजवादीले सम्पूर्ण शक्ति निर्वाचनमा केन्द्रीत गर्ने (निर्णय सहित)

नेकपा समाजवादीले सम्पूर्ण शक्ति निर्वाचनमा केन्द्रीत गर्ने (निर्णय सहित)


नेकपा समाजवादीले सम्पूर्ण शक्ति निर्वाचनमा केन्द्रीत गर्ने  (निर्णय सहित)

काठमाडौँ, । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि महानगर तथा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारलाई जिताउन  सम्पूर्ण शक्ति केन्द्रित गर्ने भएको छ।

बैठकले गठबन्धन भएका सबै पालिका तथा वडामा गठबन्धनका उम्मेदवारलाई जिताउन लागिपर्ने र एकल उम्मेदवारी दिएका स्थानमा पार्टीका उम्मेदवारहरूलाई जिताउन लागिपर्ने निर्णय गरेको महासचिव वेदुराम भुसालले जानकारी दिए । 

बैठकले गठबन्धन नभएको र एकल उम्मेदवार पनि नभएका स्थानमा दक्षिणपन्थी अवसरवादी एवं प्रतिगामी शक्तिका विरूद्ध मतदान गर्नेसमेत निर्णय गरेको छ। गठबन्धनका दलबीच सहमति कायम गर्न अन्तिमसम्म पनि प्रयत्न जारी राख्ने बैठकले निर्णय गरेको छ।

समाजवादीले महानगरपालिकामा पोखरा महानगरपालिकामा मेयर र काठमाडौं महानगरपालिकामा उपमेयर पाएको छ। 


प्रकाशित मिति: मंगलबार, २० बैशाख, २०७९, २२:००

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९