अहिलेसम्म ३३५ स्थानीय तहको परिमाण घोषणा (कुन दलले कति पालिका जिते विवरण सहित)

अहिलेसम्म ३३५ स्थानीय तहको परिमाण घोषणा (कुन दलले कति पालिका जिते विवरण सहित)


अहिलेसम्म ३३५ स्थानीय तहको परिमाण घोषणा (कुन दलले कति पालिका जिते विवरण सहित)

काठमाडौँ, । स्थानीय तह सदस्य निर्वाचन, २०७९ को मतगणनाको परिणाम आउने क्रम जारी छ । मङ्गलबार साँझ ७ बजेसम्म निर्वाचनको आयोगको प्रणालीमा प्रविष्ट भएअनुसार हालसम्म ३३५ स्थानीय तहको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

मतगणना भइरहेका नगरपालिकामध्ये प्रमुख पदमा नेपाली काँग्रेसले ३६ मा जित हासिल गरी ७१ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा (एमाले) ले १८ स्थानमा जित हासिल गरी ५५ स्थानमा अग्रता कायम गरेको छ ।

नेकपा (माओवादी केन्द्र) ले प्रमुख पदमा ८ स्थानमा जित र १७ स्थानमा अग्रता कायम गरेको छ । 
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सो पदमा १ स्थानमा जित र ९ स्थानमा अग्रता कायम गरेको छ । अन्यले ३ स्थानमा विजय हासिल गरी २९ स्थानमा अग्रता कायम गरेका छन् ।

मतगणना भइरहेका नगरपालिकामध्ये उपप्रमुख पदमा नेपाली काँग्रेसले २७ स्थानमा जित हासिल गरी ६३ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा (एमाले) ले २२ स्थानमा जित हासिल गरी ६७ स्थानमा अग्रता कायम गरेको छ । नेकपा (माओवादी केन्द्र) ले उपप्रमुख पदमा ११ स्थानमा जित र २२ स्थानमा अग्रता कायम गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सो पदमा ३ स्थानमा जित र ७ स्थानमा अग्रता कायम गरेको छ । अन्यले २ स्थानमा विजय हासिल गरी २२ स्थानमा अग्रता कायम गरेका छन् । 

मतगणना भइरहेका गाउँपालिकाको अध्यक्ष पदमा नेपाली काँग्रेसले ११७ स्थानमा जित हासिल गरी ६८ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा (एमाले) ले ७७ स्थानमा जित हासिल गरी ४० स्थानमा अग्रता कायम गरेको छ । 

नेकपा (माओवादी केन्द्र) ले अध्यक्ष पदमा ६६ स्थानमा जित र २० स्थानमा अग्रता कायम गरेको छ । नेकपा (एकीकृत समाजवादी)ले ४ स्थानमा जित र ४ स्थानमा अग्रता कायम गरेको छ । अन्यले ८ स्थानमा विजय हासिल गरी २६ स्थानमा अग्रता कायम गरेका छन् ।

मतगणना भइरहेका गाउँपालिकाको उपाध्यक्ष पदमा नेपाली काँग्रेसले १२० स्थानमा जित हासिल गरी ६६ स्थानमा अग्रता कायम गरेको छ । सो पदमा नेकपा (एमाले) ले ७२ स्थानमा जित हासिल गरी ४३ स्थानमा अग्रता कायम गरेको छ ।

नेकपा (माओवादी केन्द्र) ले उपाध्यक्ष पदमा ६७ स्थानमा जित र २१ स्थानमा अग्रता कायम गरेको छ । 
नेकपा (एकीकृत समाजवादी)ले ७ स्थानमा जित र ३ स्थानमा अग्रता कायम गरेको छ । अन्यले ७ स्थानमा विजय हासिल गरी २४ स्थानमा अग्रता कायम गरेका छन् । 

 

 


प्रकाशित मिति: मंगलबार, ३ जेठ, २०७९, २१:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९