किन बस्यो, सत्तारुढ दलको बैठक

किन बस्यो, सत्तारुढ दलको बैठक


किन बस्यो, सत्तारुढ दलको बैठक

काठमाडौं । सत्तारुढ दलको बैठक आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ । स्थानीय तहको निर्वाचनपछि पहिलो पटक बसेको बैठकमा निर्वाचनबारे छलफल भएपनि समिक्षा भने गरिएन । 

स्थानीय तह निर्वाचनमा गरेको गठबन्धनको समीक्षा सबै स्थानको नतिजा आएपछि मात्र गर्ने भएको छ । अहिलेसम्म ७०७ स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । 

बैठकमा प्रधानमन्त्री शेरवहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्ड, नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव लगायतका नेता सहभागि रहेका थिए ।

यसपटकको स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलबीच धेरै ठाउँमा गठबन्धन गरेर निर्वाचनमा सहभागि भएका थिए । 


प्रकाशित मिति: आइतबार, ८ जेठ, २०७९, २१:४४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९