एमालेले भन्यो, – नीति तथा कार्यक्रम फितलो र कमजोर

एमालेले भन्यो, – नीति तथा कार्यक्रम फितलो र कमजोर


 एमालेले भन्यो, – नीति तथा कार्यक्रम फितलो र कमजोर

काठमाडौं , । नेकपा एमालेका एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवालीले सरकारले आज संसदमा पेश गरेको वार्षिक नीति तथा कार्यक्रम इतिहासकै फितलो र कमजोर भएको टिप्पणी  गरेका छन् ।

एमाले उपमहासचिव ज्ञवालीले नीति तथा कार्यक्रमाथि प्रतिक्रिया दिदै भने ‘इतिहासकै सवैभन्दा कमजोर र फितलो नीति तथा कार्यक्रम होला यो जसलाई सत्तापक्षले समेत समर्थन गर्न सकेन ।’

उपमहासचिव ज्ञवालीले नीति तथा कार्यक्रम पेश हुँदा एउटा पनि ताली नबजेको भन्दै कार्यक्रममा जे कुरा समेटिनुपर्ने थियो त्यो नसमेटिएको उनको भनाई रहेको थियो । उनले भने, ‘जे हुनुपथ्र्यो भएन । देश आर्थिक कुटनीतिक हिसावले अप्ठेरोमा छ । तर हामी अप्ठेरोमा छौं यसरी अघि बढ्छौँ भन्ने कार्यक्रममा केही छैन ।’

यस्तै सचिव योगेश भट्टराईले पनि नीति तथा कार्यक्रमले मुलुकको आवश्यकता पुरा नगर्ने प्रतिक्रिया दिए । ‘समस्या सम्बोधन गर्ने कुनै विकल्प आएका छैनन् । आउने वर्ष डरलाग्दो आर्थिक संकट हामीले सामना गर्नु पर्ने हुन्छ । मुलुक त्यतातिर जाँदैछ’, भट्टराईको भने।

 


प्रकाशित मिति: मंगलबार, १० जेठ, २०७९, १९:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९