तत्कालका लागि यसकारण समाजावादीका यी चार मन्त्रीको पद जोगियो

तत्कालका लागि यसकारण समाजावादीका यी चार मन्त्रीको पद जोगियो


तत्कालका लागि यसकारण समाजावादीका यी चार मन्त्रीको पद जोगियो

 काठमाडौं । सत्ता गठबन्धनको शीष नेताको बैठकले तत्काल मन्त्री परिवर्तन नगर्ने निर्णय गरेपछि नेकपा (एकीकृत समाजवादी)का चार मन्त्रीको पद जोगिएको छ । 

आज  प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताले बैठकले तत्काल मन्त्री नफेर्ने सहमति गरेपछि वहालवाला चार मन्त्रीको पद जोगिएको हो । 

एकीकृत समाजवादीबाट सरकारमा सहभागि पर्यटनमन्त्री प्रेमबहादुर आले, स्वास्थ्य मन्त्रीबाट विरोध खतिवडा, सहरी विकासमन्त्रीबाट रामकुमारी झाँक्री र श्रममन्त्रीबाट कृष्णकुमार श्रेष्ठको पद जोगिएको हो । हिजो समाजवादीको सचिवालय बैठकले ति चार मन्त्रीलाई फिर्ता वोलाउने निर्णय गरेको थियो । 

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिए ।

 शीर्ष नेताबीच बजेट पारित नहुँदासम्मको मन्त्रिपरिषद् हेरफेर नगर्ने सहमति भएको छ । पद जोगिने भएको छ ।

तत्काल मन्त्री परिवर्तन नगर्ने केही समयपछि गर्ने भन्ने कुरा भएको बैठकमा सहभागी कांग्रेस उपसभापति पूर्ण बहादुर खड्काले जानकारी दिए । 

प्रधानमन्त्रीले बजेटमाथि मन्त्रालयगत छलफल हुने बेला मन्त्री फेरबदल गर्न नसकिने बताएका थिए । सोही आधारमा गठबन्धनमा तत्काल मन्त्री नफेर्ने सहमति जुटेको हो ।

समाजवादीले नयाँ मन्त्रीको रुपमा जीवनराम श्रेष्ठलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी सहरी विकास, शेरबहादुर कुँवरलाई श्रम तथा रोजगारमन्त्रीमा पठाउने निर्णय गरेको थियो ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री रहेका भवानी खापुङलाई स्वास्थ्यमन्त्रीमा बढुवा गरेर प्रधानमन्त्रीलाई नाम सिफारिस गरेको थियो । स्वास्थ्य राज्यमन्त्रीमा हिरा केसीलाई पठाउने निर्णय गरेको थियो ।


प्रकाशित मिति: सोमबार, २३ जेठ, २०७९, १७:३१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९