मोती दुगडः ओलीलाई धनुष्टंकार अरुलाई छैन नमस्कार !

मोती दुगडः ओलीलाई धनुष्टंकार अरुलाई छैन नमस्कार !


मोती दुगडः ओलीलाई धनुष्टंकार अरुलाई छैन नमस्कार !

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शुक्रबार विहान विराटनगर पुगेका थिए । जिल्ला कमिटी मोरङले आयोजना गरेको एउटा कार्यक्रममा सम्बोधन गर्न ओली त्यहाँ पुगेका हुन् । 

स्थानीय तहको निर्वाचनपछि राजनीतिक कार्यक्रमको रुपमा उनी पहिलो पटक सरिक हुँदै थिए ।

यद्यपि पार्टी कार्यालयमा हुने विभिन्न कार्यक्रममा सम्बोधन गरेका भएपनि स्थानीय तहको निर्वाचन र सत्ता गठबन्धनबारे खास कुनै धारणा राखेका छैनन ।

संसदमा नीति तथा कार्यक्रममाथि टिप्पणी गरेपछि उनी चुपचाप जस्तै थिए । तर शुक्रबार विराटनगरमा हुने कार्यक्रमका लागि ओली जाँदै गर्दा त्यहाँ एउटा अनौठो दृष्य देखिएको थियो ।

सञ्चारमाध्यमको खासै ध्यान नगएको तर केन्द्रीय तथा स्थानीय नेताहरुको ध्यान आकर्षित भएको त्यो दृष्य हो– ओलीको स्वागतमा एमाले केन्द्रीय सदस्य मोती दुगडको आगमन । 

अरु बेला विराटनगरमा विरलै देखिने दुगड जब ओली जान्छन त्यसपछि एयरपोर्टबाटै उनको स्कटिङ शुरु हुन्छ ।

केन्द्रीय सदस्य मोति दुगड पार्टीका केन्द्रीय अध्यक्ष केपी ओली विराटनगर आउँदा एयरपोर्ट पुग्ने र उनी सहभागी हुने कार्यक्रममा सधै सहभागी हुने गरेका छन् ।

जिल्लामा हुने एमालेका अरु कुनै कार्यक्रममा दुगड सहभागी हुदैँनन् तर अध्यक्ष केपी ओली विराटनगर आउने भएपछि सधै झुल्किन्छन् ।

गएको स्थानीय चुनावमा पनि दुई तीन दिन देखा परेर भागेका उनी शुक्रबार पनि केपि ओलि पुग्दा टाउको झुकाउदै झुल्किएका थिए ।

उनी विराटनगरका कुनै पनि नेता कार्यकर्ताले भनेको कुरा सुन्दैनन ।  कसैले भनेको मान्दैनन तर अध्यक्ष जहाँ जान्छन त्यहाँ उनको उपस्थिति अनिवार्य जस्तै बनेको छ ।

कुनै बेला मधेसवादी दलबाट सभासद भएका दुगड मन्त्री हुनका लागि पार्टीका दुई सभासद मध्ये एक आफू अलग भएर नयाँ पार्टी खोलेपनि मन्त्री हुन सकेनन् । पछि उनको पार्टी खरायो चिन्ह लियर चुनाब लड्यो । देशका धेरै ठाउँमा चुनाबमा उमेदवार बनाए ।

तर एउटा समानुपातिकको लागि चाहिने १६ हजार मत पनि नआएपछि उनको यात्रा एमालेमा तय भयो । एमालेमा आएपछि उनको भाग्य चम्कियो र उनी मन्त्री भए ।

एमालेमा आएपछि उनी उद्योगमन्त्री मात्रै भएनन् नेपालका उद्योगी व्यापारीहरुलाई साथ लिएर ओलीको दर्शन गराउनसमेत सफल भए ।

विशेषगरी विराटनगरका उद्योगी व्यापारीहरुलाई ओलीसँग भेट गराएर सिधा फाइदा दिएका दुगड अहिले ओलीको स्कर्किङ गरिरहेका छन् ।

उद्योग राज्यमन्त्री पछि ओलीको आर्थिक सल्लहाकार समेत रहेका दुगडले ओली सहभागी हुने कार्यक्रम र भेटघाटमा हुने होटलहरुको व्यवस्थापन गर्ने गरेका छन् ।

एमालेका एक नेताका अनुसार ओलीलाई धनुष्टंकार गर्ने दुगडले अरुलाई ‘पात’ जत्तिको पनि गन्दैनन ।

‘उनले के ठानेका छन् ओली भए पुगिहाल्छ भन्ने सोचेका होलान विराटनगरमा स्कर्टिङ गर्न पुग्छन् काठमाडौमा हुने भेटघाटको होटल व्यवस्थापन गरिदिन्छन’, एक नेताले भने ।


प्रकाशित मिति: शुक्रबार, २७ जेठ, २०७९, २०:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९