अश्लिल भिडियो बनाएर ५० लाख बार्गेनिङ, पक्राउ परे तिमिल्सेना

अश्लिल भिडियो बनाएर ५० लाख बार्गेनिङ, पक्राउ परे तिमिल्सेना


अश्लिल भिडियो बनाएर ५० लाख बार्गेनिङ, पक्राउ परे तिमिल्सेना

गत बैशाख २६ गते । एक महिलाको अश्लिल भिडियो खिचे । त्यसपछि उनले चरित्र हत्या गर्ने धम्की दिए । सामाजिक सन्जालमा हालिदिने उनको धम्की थियो । भिडियो डिलिट गर्न ति महिलाले पटक पटक आग्रह गरिन् । मानेनन् । उनले भिडियो हटाउने भए ५० लाख दिन भने । पीडित महिलाले ३ लाख रुपैयाँ दिइन् । बाँकी रकम पनि मागिरहे ।

पटक पटक धम्की दिएपछि महिलाले कास्की प्रहरीमा उजुरी दिइन् । प्रहरीले अनुसन्धान सुरु गर्‍यो । अन्ततः कैलाली प्रहरीको समन्वयमा कास्की प्रहरीको टोलीले बाजुरा बडीमालिका ७ का २७ वर्षीय शान्तराज तिमिल्सेनालाई पक्राउ गर्‍यो । ‘लुकिछिपी भिडियो बनाएर बार्गेनिङ गरेको सूचना आयो,’ कास्की प्रहरीका निमित्त प्रबक्ता ज्ञानबहादुर खड्काले भने, ‘सोही उजुरीका आधारमा पक्राउ गरिएको हो । हामी अनुसन्धान गरिरहेका छौं ।’

उनलाई आपराधिक विश्वासघाट मुद्धामा जिल्ला अदालत कास्कीबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको खड्काले जानकारी दिए । उनले अरुलाई पनि त्यस्तो गरे नगरेको भने खुलेको छैन । 


प्रकाशित मिति: शनिबार, २८ जेठ, २०७९, ०७:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

5%

30%

60%

100%


Nepal Charcha

नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।

सम्पर्क

 बानेश्वर ३१, काठमाडौँ

 ९८५११५५७९६

 nepalcharchanews@gmail.com

अध्यक्ष  :   द्वारिकाप्रसाद न्याैपाने

सम्पादक  :   शरदकुमार शर्मा

प्रमुख कार्यकारी अधिकृत  :   सुशिला गाैतम

राइज नेपाल मिडिया प्रालि

सुचना बिभाग दर्ता नं.   :   ३३१०-२०७८/७९