बिजुलीको प्रशारण लाइनको पोलमा एक व्यक्ति चढेर ओर्लिन नमानेपछि माथिल्लो त्रिशुली ‘थ्री ए’ को उत्पादन तीन घण्टादेखि बन्द गर्नु परेको छ । नुवाकोटको शान्ति बजारमा रहेको माथिल्लो त्रिशुली थ्री ए उत्पादन गृहबाट काठमाडौं लगिएको २२० केभीको प्रशारण लाइनको पोल रहेको ककनी गाउँपालिका(७ बुधेनीमा मानसिक सन्तुलन गुमाएका एक व्यक्ति चढेपछि उत्पादन बन्द गर्नु परेको माथिल्लो त्रिशुली थ्री ए का सहायक प्लान्ट प्रमुख विजयकुमार मिश्रले जानकारी दिए ।
मिश्रका अनुसार विहान ११: ३० बजेबाट उत्पादन बन्द गरिएको हो । ६० मेगावाटको फूलफेजमा उत्पादन भइरहेको विजुली तीन घण्टादेखि बन्द गरिएको बताउँदै पोलमा चढेका मानिस नउत्रेसम्म आयोजना बन्द गर्नुपर्ने अवस्था आएको उनले बताए ।
पोलमा चढेको मानिस विजुलीको तारसम्म नै पुगेकाले उसलाई ओराल्ने प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए । ‘तलबाट बोलाउँदा ओर्लिएका छैनन् । अब प्राविधिकहरु आफैं माथि चढेर ओराल्ने प्रयास भईरहेको छ,’ खड्काले भने ।
नेपाल चर्चा आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, अन्तर्वार्ता तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई तपाई सामु पस्कने छ।
बानेश्वर ३१, काठमाडौँ
९८५११५५७९६
nepalcharchanews@gmail.com
अध्यक्ष : द्वारिकाप्रसाद न्याैपाने
सम्पादक : शरदकुमार शर्मा
प्रमुख कार्यकारी अधिकृत : सुशिला गाैतम
राइज नेपाल मिडिया प्रालि
सुचना बिभाग दर्ता नं. : ३३१०-२०७८/७९