काठमाडौँ, २० जेठ । रास्वपा सभापति रवि लामिछानेले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गनेै कार्यक्रम तया भएको छ । केहीबेरमा भेटवार्ता हुन लागेको भ्रमण दलमा रहेका रास्वपा सांसद दीपक बोहोराले जानकारी दिएका छन् ।
मोदीले सभापति लामिछानेको प्रतिनिधिमण्डलसँग सामुहिक र लामिछानेसँग एक्लाएक्लै भेट्ने कार्यक्रम रहेको छ । भारतीय जनता पार्टीको निमन्त्रणामा सभापति लामिछाने पाँचदिने भारत भ्रमणमा छन् । उनलाई भारतले राजकीय सम्मान दिएको छ ।
