काठमाडौँ, २६ जेठ : नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महाविर पुनले आज सिंहदरवारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेका छन्। सो अवसरमा मन्त्री पुनले विज्ञान र प्रविधिको विकासलाई दू्रत गतिमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।
उनले भने, “विज्ञान प्रविधिको काम सुस्त गतिमा हुँदैन, रातदिन काम गरेर अगाडि बढ्ने हो ।” मन्त्री पुनले आफू मन्त्री पदमा लामो समय नबस्ने उल्लेख गरे । उनले भने, “म यो मन्त्रीको पदमा धेरै बस्दिन, सरकार पाँच वर्षको भए पनि म बढीमा तीन वर्ष मात्रै बस्ने हो ।” आफ्नो कार्यकालमा विज्ञान प्रविधिसम्बन्धी जग बसालेर नयाँ पुस्तालाई जिम्मेवारी दिने उनको भनाइ छ ।
मन्त्री पुन भने, “अरु मन्त्रालयको आआफ्नो नियम छ, मन्त्रालय र मन्त्री नयाँ भएको हुनाले शून्यबाट सुरु गर्नुपर्ने छ, नयाँ नियम बनाउनुपर्नेछ ।”
