काठमाडौं, असोज २६
नेकपा एमालेको जारी केन्द्रीय सचिवालयको बैठक आज बस्ने बैठकले महाधिवेशनको मिति प्रस्ताव गर्ने संभावना रहेको छ । पार्टीभित्र पुर्नसंरचना, पर्नुगठन तथा नेतृत्व हस्तान्तरणको बहस चलिरहेका बेला ११ औं महाधिवेशनको मिति प्रस्तावना गरिन लागेको हो ।
शुक्रबारमो सचिवालय बैठकपछि पार्टीका उपमहासचिव एवं प्रवक्ता प्रदिप ज्ञवालीले दिएको जानकारी अनुसार महाधिवेशनको मिति प्रस्ताव गरिने भएको छ । पार्टी भित्र केही नेताहरुले अहिले पार्टीको नेतृत्व परिवर्तनको विषय उठाएपछि यो विषय महाधिवेशनको हलबाटै निरुपण गर्ने एमालेले जनाएको छ ।
महाधिवेशनका प्रतिनिधीहरुको फैसलाले नै नेतृत्वको विषय टुंगो लगाउने नेताहरुले जनाएका छन् । एमालेको सचिवालय बैठकले सरकारले दलहरुलाई निषेध गरेर मुठभेड निम्त्याउन अग्रसर भएको आरोप समेत लगाएको छ । सरकार निर्वाचन गराउनतिर नभई पार्टीहरुलाई रोक लगाउने,नेताहरुलाई स्थानहद तोक्ने र प्रहरी हत्या तथा लुटपाट गर्नेहरुलाई गृहमन्त्रीको आदेशमा छाड्ने काममा लागेका उपमहासचव ज्ञवालीले दावी गरेका छन् ।
एमालेका एक पदाधिकारीले दिएको जानकारी अनुसार मंसिरको दोस्रो साता काठमाडौंमा ११ औं महाधिवेशन गर्ने एमालेको तयारी छ ।एमालेले पछिल्लो पटक उत्पन्न राजनीतिक परिस्थितीका बारेमा छलफल गर्न असोज २९,३० र ३१ गते पार्टी केन्द्रीय कमिटीको बैठक आयोजना गरेको छ ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
