काठमाडौ, कात्तिक १ गते
गत भदौ २३ र २४ – नेपाली इतिहासमा कहिल्यै नबिर्सन नमिल्ने कालो दुई दिन हो। राजधानी काठमाडौं मात्र होइन, सिंगो देश राज्यविहीनजस्तो देखिएको त्यो समय, हिंसाको त्यो ज्वालामा ७६ जनाको ज्यान गयो। शान्तिपूर्ण प्रदर्शनबाट सुरु भएको जेन–जी आन्दोलन, एकाएक अराजक हुलमा परिणत भयो, जसले देशको संरचना, सत्ताको नेतृत्व र जनताको भरोसा सबैलाई चुँड्याएर फालिदियो।
प्रधानमन्त्री ओली सत्ता छोड्न बाध्य भए। पूर्वप्रधानमन्त्री देउवा र विदेशमन्त्री राणा आफ्नै घरमै कुटिए। प्रहरी पोस्टदेखि अदालत, पार्टी कार्यालयदेखि सिंहदरबारसम्म आगो र खरानीबाहेक केही बाँकी रहेन।
तर एक प्रश्न : दिनहुँ जनताको मनमा बलिरह्यो नेपाली सेना किन चुप रह्यो । सैनिक मुख्यालयबाट करिब ३ सय मिटर टाढा सिंहदरबार जलिरहँदा पनि, सेनाको उपस्थिति शून्यजस्तै थियो। आखिर किन के भय थियो सेना भित्र कस्तो रणनीति थियो त्यो मौनता पछाडि भन्ने अहिले पनि चर्चा छ ।
पाँच हप्ता लामो मौनता पछाडि, सेनाले अन्ततः १० वटा प्रमुख प्रश्नको जवाफ सार्वजनिक गर्यो। तर ती जवाफले जनताको चित्त बुझ्यो त ?
हेर्नुस् सेनाको भनाइ, विश्लेषण र उठेका प्रश्नहरू=
१ – सिंहदरबार जोगाउन किन सकिएन
सेनाको भनाइस् “हामी संयमता अपनायौं, हतियार प्रयोग नगरी भिडलाई धपायौं। ४६ राउन्ड हवाइ फायर गरियो, तर भिड रोकिएन।”
विश्लेषण संवेदनशील क्षेत्रलाई यति कमजोर सुरक्षामा राख्नु, र भिड जोगिएपछि मात्र हस्तक्षेप गर्नु, सोच्छनुपर्ने कुरा हो। के सेनाको संयमता, अलिकति ढिलासु त भएन ?

२-आगो निभाउन तत्कालन किन गरिएन
सेनाको तर्कस् दमकल ल्याएर आगो निभाउने प्रयास भयो, तर आन्दोलनकारीले पाङ्ग्रामा सुतेर अवरोध गरे।
प्रश्न : त्यसबेला भिड हटाउन सेना किन निष्क्रिय रह्यो ? दमकलको मात्राभन्दा बढी सुरक्षा तैनाथ गर्नु सम्भव थिएन ?
३-डाटा सेन्टर कसरी जोगियो
सेनाको खुलासास् राष्ट्र सुरक्षाका ३ संवेदनशील डाटा सेन्टरहरू एक जर्नेलको नेतृत्वमा १८ घण्टा लगाएर जोगाइयो।
खास महत्व : यदि त्यो डाटा जलेको भए देशको वित्तीय प्रणाली ठप्प हुनेथियो। सेनाले यो मोर्चामा उल्लेखनीय सफलता देखायो।
४- काठमाडौ महानगरको दमकल खै
सेनाको जवाफस् “राति ८ बजे दमकल आएको हो। चालकहरू थिएनन्, केही अवरोधहरू भए।”
प्रश्न : राजधानी जलेको बेलामा ‘चालक छैन’ भन्ने बहाना स्वीकार्य हुन्छरु व्यवस्थापकीय तयारीको कमजोरी स्पष्ट देखिन्छ।
५ – हिल्टन होटलको आगो किन ढिलो निभ्यो
सेनाको उत्तरस् दमकलसँग लामो पाइप थिएन। हाइटको समस्या भयो।
टिप्पणी : राजधानीको यस्तो फाइभस्टार संरचनाका लागि तयारी नराख्नु सम्बन्धित निकायको असफलता हो।
६ – विमानस्थलमा हमलाको प्रयास रोकियो कसरी ?
सेना भन्छ : जिलेटिनसहितको समूहलाई विमानस्थलमा घुस्न नदिएर ठूलो दुर्घटना टारियो।
सकारात्मक पक्षस् अन्तर्राष्ट्रिय साख बचाउन सफल भएको यो उदाहरण सेनाको तत्कालिन सतर्कताको प्रमाण हो।
७ – दुर्गा प्रसाईंसँग वार्ता किन
सेनाको तर्कस्थिति नियन्त्रण गर्न सबै पक्षसँग संवाद गर्नु बाध्यता थियो।
चिन्ता : एक अभियुक्तसँग अनौपचारिक वार्ता, सैनिक ‘नियत’ माथि प्रश्नचिह्न उठाउने कारक बन्यो।
८ – सेनाभित्र विद्रोहको हल्ला
सेनाको भनाइस् “पूर्व माओवादी लडाकुहरूको विद्रोह भन्ने हल्ला झुटो हो। सेना एकढिक्का छ।”
पृष्ठभूमि : १३५१ पूर्व लडाकुहरू सेनामा छन्। भित्री मतभेद र हल्लाले सेना कमजोर देखिन सक्छ त्यसैले स्पष्टता आवश्यक थियो।
९ – पशुपतिमा आक्रमणको प्रयास
सेनाको खुलासास् साँझपख दक्षिण(पश्चिम गेटबाट भिड प्रवेश गर्ने प्रयास भयो। तत्काल नियन्त्रणमा लिइयो।
खास प्रश्न धार्मिक स्थलमाथि हमला हुनु गम्भीर संकेत हो – सेनाले समयमै रोक्न सकेको देखिन्छ।
१० – फागुन २१ मा चुनाव सम्भव ?
सेनाको उत्तर : निर्वाचन चुनौतीपूर्ण छ, तर विकल्प छैन। सबै पक्षको सहकार्य आवश्यक छ।
विश्लेषण : जनताको मनमा भरोसा फर्काउन सेना, प्रहरी, प्रशासन सबैको निष्पक्षता अपरिहार्य छ। चुनावभन्दा अघि सुरक्षा संरचना पुनःस्थापना जरूरी देखिन्छ।
निष्कर्ष
सैनिक नेतृत्वले दिएका उत्तरहरू तथ्यमा आधारित भए पनि, जनताले खोजेको उत्तरदायित्वु अझै अधुरो छ। संयमता र स्थितिको मूल्याङ्कन गर्नु उपयुक्त हो, तर राजधानी जल्दा टुलुटुलु हेर्ने रणनीतिलाई ‘दूरदृष्टि’ भन्न सकिन्न।
संकटपछि जवाफ दिनु सजिलो हुन्छ, तर संकट आउँदै गर्दा अग्रसर हुनु असली नेतृत्वको चिनारी हो।
अब देश नयाँ चुनावको मोडमा छ। सेनाको निष्पक्षता, पारदर्शिता र सक्रियतामाथि जनताको नजर अझ चनाखो हुनेछ। अराजकता फेरि फर्किन नदिन आजको गल्तीबाट पाठ सिक्नैपर्छ।
